सि.न. प्रजाती
बकाइनो
अशोका
जामुन
इपिलिपि
पारीजात
म्याङगोस्टिक
धुपि
कपुर
सिमल
१० खमारी
११ अजुना
१२ टाँकी
१३ निम
१४ बडहर
१५ तेजपत्ता
१६ लप्सी
१७ हर्रो
१८ बर्रो
१९ चिउरी
२० अमला
२१ राजवृक्ष
२२ कल्की
२३ मसला

२०६८-०६-३०
नेपालमा गैडाको जनसंख्या:

गैडाको जनसंख्या हाल नेपालमा ५३४ रहेको पाइयो जस मध्ये ५०३ वटा चितवन रा.नि. मा रहेका छन् ।

 

 

सबै समाचार तथा कार्यक्रम  हेर्नुहोस्

२०६८-०७-३०
भरतपुर(कास)- जिल्ला वनले २महिन बिचमा काठ काट्ने र त्येसको चोरी निकासी अभियोगमा पक्राउ परेका ४४ जना माथि कारबाही गरेको छ|
यस अबधिमा काठ ओसारपसार गर्ने ७ सवारी पनि नियन्त्रनमा लिएको छ| कार्यालयका अनुसार २ महिनामा २१ चोरी तस्करीका घटना भएका छन्|
जिल्ला वन प्रमुख डा. इन्द्र प्रसाद सापकोटाका अनुसार कारबाही पर्नेमा सालका रुख काट्ने देखि मिल संचालक समेत छन्|
एक महिना अघि सक्तिखोर ४ स्थित गैरिबरिमा सालका ३ रुख काटेको र स्थानीय रुपेन्द्र काठ मिलमा पुर्याएको अभियोगमा ४ जनालाई जिल्ला अदालतले साता अघि पुर्पक्षक लागि थुनामा पठाएको छ|
थुना पर्नेमा जुटपानी-७ का राजकुमार गुरुङ, सक्तिखोर ४ का पूर्ण बहादुर चेपांग, अभिसेक लामा र शिव्ध्वज खत्री रहेका छन्| मिलमा छापा मर्दा काठ सहितको ट्राक्टर फेला परेको थियो| मिल कर्मचारी पक्राउ परेपछि थप २२ जनाको संग्लग्नता खुलेको छ|
फरार अभियुक्तको खोजि भैरहेको सापकोटाले जनाए| "वन ऐन अनुसार कारबाही माग गर्दै जिल्ला अदालत पेश गर्यौ," उनले भने, "माथिल्लो स्तरक घटनामा अदालत पेश गरिन्छ| गैरिबरी पूर्वी चितवनको उदयपुर सामुदायिक वनको समरक्षण क्षेत्रमा रहेको छ| 'कारबाहीले निरुत्साहित गर्छ' उनले भने, 'आतंकित तुल्याउने उदेस्य होइन |
दहखानिबाट काठ काटेर ल्याउदै गर्दा पक्राउ परेका ५ अभियुक्तलाई पनि पुर्पक्षका लागि थुनामा पठाएको छ| सामुदायिक वनमा काठ तस्करीमा गिरोह संग्लग्न भैरहेको गुनासो बढेपछि वनले कारबाही तिब्र तुल्याएको हो|

 

 

(साभार-कान्तिपुर राष्ट्रिय दैनिक )

 

 

 

सबै समाचार तथा कार्यक्रम  हेर्नुहोस्

२०६८-०७-३०
भरतपुर/चितवनको भरतपुर-१ रामनगरस्थित सतन्चुली सामुदायिक वनका पधधिकरिले डेढ करोड रुपैया अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पूर्ण कागजात जफत गरेकोछ ! म्याद सकेको महिनौ बितिसक्दा पनि सामुदायिक वनको पुरानो कार्यसमितिले अधिबेशन नगराएपछि स्थानीय उपभोक्ताहरुले भ्रस्टाचार भएको आरोप लगाउदै अख्तियारमा उजुरी दिएका थिए!
सतन्चुली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भारत कुवरको कार्यकालमा तिन आर्थिक बर्षमा १करोड ५१ लाख हजार रुपैया भ्रस्टाचार भएको आरोप उपभोक्ताहरुको छ !
गत भदौ २९ गते साधारणसभा गराएपनि हालको कार्यसमितिले बन्द सत्र गराउन नमानेको र आर्थिक प्रतिबेदन पेश नगरेको भन्दै ३ सय ६८ जना उपभोक्ताहरुले जिल्ला वन कार्यालय चितवनमा निवेदन दिएका थिए|
जिल्ला वन कार्यालय ले ४ सदस्यीय समिति निर्माण गरि छानबिनको जिम्मा दिएको थियो.....

 

(साभार-कायाकैरन )

 

 

 

सबै समाचार तथा कार्यक्रम  हेर्नुहोस्

कर्मचारीहरु