१.१ जिल्लामा सामुदायिक वनको हस्तान्तरण क्रम
- जिल्लामा पहिलो पटक मिति २०५२/०३/०६ मा खैरहनी नगरपालिका वडा नं. १–४ (साविक चैनपुर गा.वि.स.) मा पर्ने कंकाली सामुदायिक वन उपभोक्ता समूह गठन गरी ७६० हेक्टर राष्ट्रिय वन क्षेत्र सामुदायिक वनको रुपमा हस्तान्तरण भएको देखिन्छ । हालसम्म जिल्लामा ९३ वटा सामुदायिक वन हस्तान्तरण भईसकेको छ।
- जिल्लामा हस्तान्तरण भएका सामुदायिक वनहरु मध्ये क्षेत्रफलको हिसावले सवैभन्दा ठूलो राप्ती नगरपालिका वडा नं. १ मा अवस्थित परेवाश्वरी सामुदायिक वन (हस्तान्तरण मिति २०५३÷०६÷२१, क्षेत्रफल १३१६ हेक्टर) र सवैभन्दा सानो भरतपुर म.न.पा. वडा नं. १६ मा अवस्थित भगवानस्थल सामुदायिक वन (हस्तान्तरण मिति २०७२÷०३÷३१, क्षेत्रफल ६.३४ हेक्टर) हो ।
- जिल्लामा सामुदायिक वन विकास कार्यक्रम आ.व. २०५१÷५२ बाट शुरु भई हालसम्ममा ९३ गोटा सा.व..उ.स.हरु गरी जम्मा क्षेत्रफल २२७८१.८१ हेक्टर वन स्थानीय वन उपभोक्ता समूहलाई हस्तान्तरण भइसकेका छन् ।
सामुदायिक वनको डाटाको लागि यहाँ क्लिक गर्नुहोस सामुदायिक वनको डाटा