१.१ जिल्लाको सिमाना
१.२ जिल्लाको ऐतिहासिक पृष्ठभूमि
चितवन जिल्ला बागमती प्रदेशका १३ वटा जिल्ला मध्येको नेपालको मध्य तथा सुगम स्थलमा पर्ने जिल्लाको रुपमा चिनिन्छ । यस जिल्लामा अन्य जिल्लाहरुको तुलनामा बसाईसराईको चाँप पनि त्यतिकै रहेको छ । यसर्थ आज भोली चितवनलाई विभिन्न जातजाति, भाषा र सँस्कृतिको संगम थलोको रुपमा पनि चिनिन्छ । यहाँ एकातिरको मैदानी भागमा बर्षौदेखि बसोबास गर्दै आएका आदिवासी थारु जाति छन् भने अर्कोतिर पहाडी क्षेत्रमा आदिबासी चेपाङ जाती रहेका छन् । यिनै विविधताको कारणले गर्दानै आन्तरिक एवम् बाह्य पर्यटनको हिसाबले समेत यस जिल्ला अग्रणी स्थानमा रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज, बरण्डाभार वन संंरक्षण क्षेत्र, सौराहा, मैघौली, टाइगरटप, नारायणी नदी, त्रिशुलीमा गरिने जलविहार बाह्य पर्यटनका आकर्षणको रुपमा रहका छन् भने देवघाट, त्रिवेणी, वाल्मीकि आश्रम, गोद्धाक, विक्रमबाबा, बागेश्वरी, चित्रसारी लगायतका धार्मिक स्थलहरु धार्मिक एवम् आन्तरिक पर्यटनको केन्द्रहरु बन्दै आएका छन् । त्यस्तै चितवन जिल्ला नेपालको राजधानी काठमाडौँसँग जोड्ने निकटतम राजमार्ग र पूर्व–पश्चिम राजमार्गको संगमस्थलको रुपमा रहेको कारण कृषि, व्यापार, उद्योग, पर्यटन लगायतका क्षेत्रमा अग्रणी स्थानमा रहेको छ ।
१.३ जिल्लाको भौगोलिक अवस्थिति
१.४ ऐतिहासिक तथा धार्मिक स्थलहरु
देवघाट, बागेश्वरी, गणेशस्थान, शिवघाट, त्रिवेणी, गोद्धक, पाण्डवनगर, सोमेश्वर, कालिका, बिक्रमबाबा, चित्रसारी, जुट्पानी कालिका, उपरदाङगढी, चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, कुरिनटार, पुरानो गढी, सोमेश्वर गढी, कविलासपुर गढी, सिराईचुली, आदि ।
१.५ मुख्य बजार केन्द्रहरु
जिल्ला मुख्य व्यापारिक केन्द्रको रुपमा नारायणगढ बजार रहेको र अन्य बजारहरुमा टाँडी, पर्सा, खैरहनी, पर्साढाप, मुग्लिन, चनौली, रामपुर, मंगलपुर, जगतपुर, गितानगर, शिवनगर, भण्डारा, कुरिनटार, वसन्तपुर, पटिहानी, पार्वतीपुर, शारदानगर, मेघौली आदि ।
१.६ जिल्लाको राजनैतिक र प्रशासनिक विभाजन
मुलुक संघीय ढाँचामा रुपान्तरण भएपछि जिल्लालाई निम्नानुसार राजनीतिक विभाजन गरिएको छः