परिचय
यस चितवन जिल्लाको पश्चिम तर्फ नारायणी नदी र पुर्वमा लोथर खोलाले जिल्लालाई दाँया बाहिनी र बाँया बाहिनी पार्दै बगेका छन । त्यसैगरी दक्षिणी भेग बाट पुर्व पश्चिम हँुदै राप्ती नदी बगी तिन तर्फ खोलाले घेरेको छ । यस जिल्लाको दक्षिण तर्फको समथर भू(भागलाई राप्ती उपत्यकाको नामले पनि परिचित छ । यसको सबै भन्दा दक्षिण चुरे श्रृंखलाको पहाड सोमेश्वर डाँडाले नेपाल र भारतको अन्तराष्ट्रिय सिमाना कायम गर्दै चितवनलाई पनि घेरेको छ । यस जिल्लाको भुू(भागमा चुरे श्रृंखला, समथर भ्याली हुँदै उत्तर तर्फ जाँदा महाभारत श्रृंखलाको पहाडी क्षेत्र पर्दछ । यसरी चुरे श्रृंखला र महाभारत श्रृंखलाले गर्दा चितवनमा भौगोलिक विषमता छ । यो जिल्ला समुन्द्री सतहबाट होचोमा १४१ मी. र अग्लोमा २९४७ मी. सम्मको उचाईमा रहेको छ । यस जिल्ला दक्षिणमा भित्रि मधेश, भावर प्रदेश हुँदै उत्तरमा महाभारत पर्वत श्रृंखला सम्म फैलिएको छ । यस जिल्लाको पुर्व तर्फ मकावानपुर र पर्सा जिल्ला, पश्चिमतर्फ नवलपरासी र तनहुँ जिल्ला, उत्तर तर्फ गोरखा र धादिङ जिल्लाहरु पर्दछन भने दक्षिणमा पर्सा जिल्ला र भारतको विहार राज्य पर्दछ । विश्व मान चित्रमा यस जिल्लाको अवस्थिती २७०२१’४४”देखि २७०५२’३०” उत्तरी अक्षांस सम्म र ८३०५४’४५” देखि ८४०४५’१५”पुर्वी देशान्तर सम्ममा पर्दछ । यो जिल्ला लगभग समकोण त्रिभुजको आकारमा रहेको छ । यसको पुर्व तथा दक्षिण तर्फ फराकिलो र पश्चिम तथा उत्तर तर्फ साँगुरिएको देखिन्छ । पुर्व–पश्चिम लम्बाई बढिमा ८८ कि.मी. छ भने पुर्व तर्फको उत्तर दक्षिण चौडाई ५० कि.मी र पश्चिम तर्फको उत्तर दक्षिण चौडाइ साँगुरिदै २ कि.मी सम्म रहेको छ । यो जिल्लाको उत्तरी बिन्दु ईच्छाकामना गाँउपालिकाको कुरीनटार, दक्षिणी बिन्दु माडि नगरपालिकाको बाँदरझुला, पुर्व बिन्दु राप्ति नगरपालिकाको चौराम डाँडा र पश्चिम बिन्दु चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदि किनाराका भागहरु पर्दछन् ।
कुल २,१८० बर्ग कि.मी क्षेत्रफल ओगटेको यस जिल्लाको कुल जनसख्या २०६८ को जन गणनाको नतिजा अनुुसार ५,६६६६१ छ । जस अनुसार यस जिल्लाको कुल जनघनत्व २५५ व्यक्ति प्रति बर्ग कि.मी. हुन आउँछ । तर यस जिल्लाको करिब ४०% (कुल भु—भाग ९०८.७९ बर्ग कि.मी ) राष्ट्रिय निकुञ्ज क्षेत्रले ढाकिएको हुनाले उक्त क्षेत्र घटाएर हुन आउने १३२९.६० बर्ग कि.मी. बसो बासको क्षेत्र छ । यहि बसोबासको क्षेत्रलाइ विश्लेषण गर्ने हो भने यस जिल्लको कुल जनघनत्व ४२७ व्यक्ति प्रति बर्ग कि.मी हुन आउँछ जुन अन्य जिल्लाहरुको तुलनामा बढि नै हो । यस जिल्लाको बि.सं २०३८ साल पछिको जनसंख्याको तथ्याङ्क हेर्दा जनसंख्याको वृद्घि सँगै घर निर्माण संख्यामा पनि वृद्घि हुंदै गएको देखिन्छ र यसको वृद्घिदर उच्च रहेको छ । २०६८ सालको तथ्याङ्क बाट यस जिल्लाको जनसंख्या वृद्घिदर १.८३ र कुल जनसंख्या ५,६६,६६१ देखिन्छ ।गत वर्षको तथ्याङ्कलाई नै आधार मान्ने हो भने पनि घर संख्या वृद्घिदर ४.२७ देखिन्छ । यस जिल्लाको जन्मदर भन्दा बसाई( सराईको जनसंख्या उच्च रहेको छ । यसको मुख्य कारणहरु जिल्लाको तुलनामा हरेक दृष्टिकोणबाट यो जिल्लामा भौतिक सुविधाहरु बढि उपलब्ध हुनु र देशको भौगोलिक अवस्थाले पनि अधिराज्यको बीच भागमा पर्नु हो । भुकम्प पछिको बसाई सराई पहाडी जिल्लाबाट चितवनमा बढि छ । त्यसै गरी बुढीगण्डकी जलविधुत आयोजनाबाट मुअब्जा प्राप्त गर्ने मध्येका अधिकांस ब्यक्तिहरुको बसाई सराई यसै जिल्लामा भएको तथ्याङ्कबाट देखाउँछ । बैदेशिक रोजगारीबाट प्राप्त हुने अधिकांस आम्दानी जग्गा खरीद तथा घर निर्माणमा लगानी हुने गरेको दखिन्छ । त्यसैले पनि घर निर्माण एंव विकास निर्माण कार्य बढी भएको भन्न सकिने अवस्था छ । अन्य तराईका जिल्लाहरुको तुलनामा नयाँ घर निर्माण संख्या बढी भएको कारण जिल्लामा काठको माग पनि सोही अनुपातमा अत्याधिक रहेको छ ।
वन अधिकृत
मो. नं: ९८५५०९२२२२
paudeldevi1974@gmail.com