VTE7 ct2

हाम्रो बारेमा

यस चितवन जिल्लाको पश्चिम तर्फ नारायणी नदी र पुर्वमा लोथर खोलाले जिल्लालाई दाँया बाहिनी र बाँया बाहिनी पार्दै बगेका छन । त्यसैगरी दक्षिणी भेग बाट पुर्व पश्चिम हुँदै राप्ती नदी बगी तिन तर्फ खोलाले घेरेको छ । यस जिल्लाको दक्षिण तर्फको समथर भू(भागलाई राप्ती उपत्यकाको नामले पनि परिचित छ । यसको सबै भन्दा दक्षिण चुरे श्रृंखलाको पहाड सोमेश्वर डाँडाले नेपाल र भारतको अन्तराष्ट्रिय सिमाना कायम गर्दै चितवनलाई पनि घेरेको छ । यस जिल्लाको भुू(भागमा चुरे श्रृंखला, समथर भ्याली हुँदै उत्तर तर्फ जाँदा महाभारत श्रृंखलाको पहाडी क्षेत्र पर्दछ । यसरी चुरे श्रृंखला र महाभारत श्रृंखलाले गर्दा चितवनमा भौगोलिक विषमता छ । यो जिल्ला समुन्द्री सतहबाट होचोमा १४१ मी. र अग्लोमा २९४७ मी. सम्मको उचाईमा रहेको छ । यस जिल्ला दक्षिणमा भित्रि मधेश, भावर प्रदेश हुँदै उत्तरमा महाभारत पर्वत श्रृंखला सम्म फैलिएको छ । यस जिल्लाको पुर्व तर्फ मकावानपुर र पर्सा जिल्ला, पश्चिमतर्फ नवलपरासी र तनहुँ जिल्ला, उत्तर तर्फ गोरखा र धादिङ जिल्लाहरु पर्दछन भने दक्षिणमा पर्सा जिल्ला र भारतको विहार राज्य पर्दछ । विश्व मान चित्रमा यस जिल्लाको अवस्थिती २७०२१’४४”देखि २७०५२’३०” उत्तरी अक्षांस सम्म र ८३०५४’४५” देखि ८४०४५’१५”पुर्वी देशान्तर सम्ममा पर्दछ । यो जिल्ला लगभग समकोण त्रिभुजको आकारमा रहेको छ । यसको पुर्व तथा दक्षिण तर्फ फराकिलो र पश्चिम तथा उत्तर तर्फ साँगुरिएको देखिन्छ । पुर्व–पश्चिम लम्बाई बढिमा ८८ कि.मी. छ भने पुर्व तर्फको उत्तर दक्षिण चौडाई ५० कि.मी र पश्चिम तर्फको उत्तर दक्षिण चौडाइ साँगुरिदै २ कि.मी सम्म रहेको छ । यो जिल्लाको उत्तरी बिन्दु ईच्छाकामना गाँउपालिकाको कुरीनटार, दक्षिणी बिन्दु माडि नगरपालिकाको बाँदरझुला, पुर्व बिन्दु राप्ति नगरपालिकाको चौराम डाँडा र पश्चिम बिन्दु चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदि किनाराका भागहरु पर्दछन् । 

कुल २,१८० बर्ग कि.मी क्षेत्रफल ओगटेको यस जिल्लाको कुल जनसख्या २०६८ को जन गणनाको नतिजा अनुुसार ५,६६६६१ छ । जस अनुसार यस जिल्लाको कुल जनघनत्व २५५ व्यक्ति प्रति बर्ग कि.मी. हुन आउँछ । तर यस जिल्लाको करिब ४०% (कुल भु—भाग ९०८.७९ बर्ग कि.मी ) राष्ट्रिय निकुञ्ज क्षेत्रले ढाकिएको हुनाले उक्त क्षेत्र घटाएर हुन आउने १३२९.६० बर्ग कि.मी. बसो बासको क्षेत्र छ । यहि बसोबासको क्षेत्रलाइ विश्लेषण गर्ने हो भने यस जिल्लको कुल जनघनत्व ४२७ व्यक्ति प्रति बर्ग कि.मी हुन आउँछ जुन अन्य जिल्लाहरुको तुलनामा बढि नै हो । यस जिल्लाको बि.सं २०३८ साल पछिको जनसंख्याको तथ्याङ्क हेर्दा जनसंख्याको वृद्घि सँगै घर निर्माण संख्यामा पनि वृद्घि हुंदै गएको देखिन्छ र यसको वृद्घिदर उच्च रहेको छ । २०६८ सालको तथ्याङ्क बाट यस जिल्लाको जनसंख्या वृद्घिदर १.८३ र कुल जनसंख्या ५,६६,६६१ देखिन्छ ।गत वर्षको तथ्याङ्कलाई नै आधार मान्ने हो भने पनि घर संख्या वृद्घिदर ४.२७ देखिन्छ । यस जिल्लाको जन्मदर भन्दा बसाई( सराईको जनसंख्या उच्च रहेको छ । यसको मुख्य कारणहरु जिल्लाको तुलनामा हरेक दृष्टिकोणबाट यो जिल्लामा भौतिक सुविधाहरु बढि उपलब्ध हुनु र देशको भौगोलिक अवस्थाले पनि अधिराज्यको बीच भागमा पर्नु हो । भुकम्प पछिको बसाई सराई पहाडी जिल्लाबाट चितवनमा बढि छ । त्यसै गरी बुढीगण्डकी जलविधुत आयोजनाबाट मुअब्जा प्राप्त गर्ने मध्येका अधिकांस ब्यक्तिहरुको बसाई सराई यसै जिल्लामा भएको तथ्याङ्कबाट देखाउँछ । बैदेशिक रोजगारीबाट प्राप्त हुने अधिकांस आम्दानी जग्गा खरीद तथा घर निर्माणमा लगानी हुने गरेको दखिन्छ । त्यसैले पनि घर निर्माण एंव विकास निर्माण कार्य बढी भएको भन्न सकिने अवस्था छ । अन्य तराईका जिल्लाहरुको तुलनामा नयाँ घर निर्माण संख्या बढी भएको कारण जिल्लामा काठको माग पनि सोही अनुपातमा अत्याधिक रहेको छ ।

संक्षिप्त परिचय

चितवन जिल्लाको अवस्थिति अक्षांश ८३0५५' देखि ८४0४८' सम्म उतर र देशान्तर २७0२१' देखि २७0४६' सम्म पूर्व र सिमाना पूर्वमा मकवानपुर र पर्सा जिल्ला, पश्चिममा नवलपरासी र तनहुँ जिल्ला, उतरमा गोरखा र धादिङ जिल्ला, दक्षिणमा भारत समुन्द्र सतहदेखिको उचाइ १४४ मि. देखि १९४७ मि. सम्म जिल्लाको कुल क्षेत्रफल : २,१८,००० हे. छ। हावापानी उष्ण तथा उपोष्ण(tropical & sub-tropical) प्रकारको छ । यहाँको तापक्रम अधिकतम = ४२.५ से. र न्युनतम = ७ से. छ भने वर्षा वार्षिक औसत = १८० मि. मि. सम्म हुने गरेको छ। १.६ जनसंख्या (२०५८ को जनगणना अनुसार) : कुल जनसंख्या - ४,७२,०४८ महिला - २,३६,९६४ पुरुष - २,३५,०८४ जनसंख्या वृदिदर - २.६२%

नदीहरु

पहिलोस्तरका नदी : नारायणी
अन्यस्तरका नदीहरु : राप्ती, लोथर, कायर, खोला, रिग्दी, रिउ आदी

ताल तथा कुण्डहरु: सत्रहजार ताल, बीसहजार ताल, सत्ताइसहजार ताल, अठ्ठाइसहजार ताल, मुण्डाताल, देवी ताल, लामीताल, तमौरघैला ताल, कसरा ताल, नन्दभाउजु ताल, अन्जुरा ताल, मन्जूरा ताल, गडुवा ताल, अन्जना ताल, परशुराम कुण्ड, बैकुण्ठ आदी ।

ऐतिहसिक घार्मिक तथा पर्यटकीय स्थलहरु

देवघाट, बागेश्वरी, गणेशस्थान, शिवघाट, त्रिवेणी, गोद्धक, पाण्डवनगर, सोमेश्वर कालिका, विक्रमबाबा, चित्रसारी, जुटपानी कालीका, उपरदाङगढी, चितवन राष्ट्रिय निकुञ्ज, मनकामना दर्शन प्रा.ली वरेस कुरिनटार, पुरानो गढी (चिसापानी गढी), सोमेश्वर गढी, कविलासपुर गढी, कंकाली सामुदायिक वन, सिराईचुली आदी ।

निकायको काम, कर्तव्य र अधिकार

चितवन जिल्लाको क्षेत्रफल २२38.39 वर्ग किलोमिटर रहेको छ। यस जिल्लाको वर्तमान वनको अवस्था कुल भू-भाग मध्ये 65.85 प्रतिशत वन क्षेत्रले ढाकेको छ। कुल वन क्षेत्र 1,47,490 हेक्टर मध्ये चितवन राष्ट्रिय निकुञ्जले 71,105 हेक्टर र मध्यवर्ती क्षेत्रले 18,735 हेक्टर वन क्षेत्र ओगटेको छ भने यस कार्यालय अन्तर्गत 57,650 हेक्टर वन क्षेत्र रहेको छ।

परिचय

बागमती प्रदेश सरकार, मन्त्रीपरिषद्को मिति 2080/06/15 को स्वीकृत सङ्गठन संरचना तथा दरबन्दी बमोजिम हाल यस कार्यालय अन्तर्गत ७ शाखाहरु र ६ वटा सव-डिभिजन वन कार्यालयहरु रहेका छन्। भने यस कार्यालयको जम्मा कर्मचारी दरबन्दी ५९ जनाको रहेका छन्।